Logo

बैंकिङ कसूर मुद्दाका फरार पक्राउ



काठमाडौं, २२ असार । बैंकिङ कसूर मुद्दाका फरार २ प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजारका राजमान सुनार र तारकेश्वरका विश्वमर्दन बस्नेत रहेका छन् । सुनारलाई काठमाडौं तारकेश्वर र बस्नेतलाई काठमाडौं धर्मस्थलीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सुनारलाई उच्च अदालत पाटनको २०७६ फागुन २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १४ लाख ६९ हजार ६ सय ४० रुपैयाँ र ५ दिन कैद तथा बस्नेतलाई उच्च अदालत पाटनको २०७६ फागुन १८ गतेको फैसलाले १३ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका थिए ।

उनीहरुले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जानि जानि झुक्यानमा पारी रकम भुक्तानको लागि विभिन्न व्यक्तिहरुलाई विभिन्न बैंकको नाममा रहेका चेक काटी दिई हालसम्म फरार रहेको अनुसन्धानबाट खुल्न आएको उक्त ब्यूरोले जनाएको छ । उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्