Logo

होशियार विना सवारी पास काठमाडौं नछिर्नुहोला, दुई चालक पक्राउ परे



काठमाडौं, २२ असार । सवारी पास बिना काठमाडौं उपत्यका प्रवेश नगर्नुहोला । प्रहरीले विना पास यात्रु ओसार पसार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

सवारी पास बिना यात्रु ओसार पसार गरेको अभियोगमा दुई जना सवारी चालकहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ज ११३५ नम्बरको सवारी साधनका चालक बर्दिया स्थायी घर भएका संजय बिक र डोटीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ज ८६ नम्बरको ट्याक्सीका चालक काभ्रे धुलिखेल घर भएका संखमान तामाङ रहेका छन् ।

पक्राउ परेका चालकमध्ये बिकले पास बिना १७ जना यात्रुहरुसँग २५ हजार रुपैयाँ असुल गरी आएको र तामाङले ३ जना यात्रुहरुसँग ३० हजार रुपैयाँ पाउने सर्तमा अनाधिकृत रूपमा राखि आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्