Logo

स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल



काठमाडौं, २२ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषद्को सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि सरकार तत्पर रहने उल्लेख गरेका हुन्।

परिषद्ले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जनाउँदै कोभिड–१९ को महामारीका सम्बन्धमा नेपाल सरकारले निरन्तररुपमा यसको विरुद्ध खटिरहेको र परीक्षण लागि एउटा मात्रै प्रयोगशाला रहेकामा अहिले यो सङ्ख्या बढाएर २५ पुगिसकेको र अझै विस्तार हुने क्रममा रहेको जानकारी दिए ।

“सरकारले कोभिड– १९ को नियन्त्रणका लागि लकडाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारी निरन्तररुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीति अपनाउँदै आएको छ”, उनले भने, “प्रभावित व्यक्तिको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तको उच्चतम् अभ्यास भएको छ ।”

हालसम्म सरकारबाट भइरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारकोतर्फबाट आवश्यकताअनुसार थप कार्यक्रम गराउँदै जाने योजना लिएको जनाउँदै उनले त्यसका लागि एकजुटरुपमा यस महामारीविरुद्ध लड्न आह्वान गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय शिखर सम्मेलन २०७७ मा माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सम्बोधन

कार्यक्रमका सभापतिज्यू,
माननीय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीज्यू,
श्री स्वास्थ्य तथा जनसंख्या सचिवज्यू,
विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकज्यू,
नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिज्यू,
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सदस्य सचिवज्यू र अन्य पदाधिकारीहरु,
सम्मेलनका सहभागीहरु र पत्रकार मित्रहरु ।

ड्ड नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्धारा आयोजित यस स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ ।
ड्ड नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापनाकाल देखि स्वास्थ्यका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानद्धारा समग्र स्वास्थ्य क्षेत्रको बिकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
ड्ड स्वास्थ्य सेवालाई सर्बसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी छ ।
ड्ड यस परिषदले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रहरुको पहिचान गरी प्रथमिकताका आधारमा रहेर ती क्षेत्रहरुमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनिय भूमिका खेलेको छ ।
ड्ड स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र आगामि दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र बिकास तथा सुदृढिकरणका लागि स्वास्थ्य मन्त्रालयल सदैव तत्पर रहने छ ।
ड्ड त्यसैगरी अहिलेको कोभिड–१९को महामारीको सम्बन्धमा नेपाल सरकारले निरन्तर रुपमा यसको विरुद्ध खटिरहेको छ । त्यसै क्रममा परीक्षणको लागि एउटा मात्रै प्रयोगशाला रहेकोमा अहिले यो संख्या बढाएर २५ पुगिसेको छ र अझै विस्तार हुने क्रममा छ ।
ड्ड नेपाल सरकारले कोभिड १९ को नियन्त्रणका लागि लक डाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारीहरु निरन्तर रुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीतिहरु अपनाउँदै आएको छ । साथै प्रभावित व्यक्तिहरुको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तहरुको उच्चतम अभ्यास भएको छ ।
ड्ड हालसम्म नेपाल सरकारबाट भईरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारको तर्फबाट आवश्यकता अनुसार थप कार्यक्रमहरु गराउँदै जाने योजना लिएको छ र त्यसका लागि सबैको साथ ऐक्यवद्धता भई एकजुट रुपमा यस महामारी विरुद्ध लड्न आव्हान गरिन्छ ।
ड्ड हालसम्म विश्वव्यापी संक्रमण १ करोड १५ लाख ५६ हजार ७८८
ड्ड नेपाल १५७८४
ड्ड च्त्(एऋच् त्भकत
देश प्रति १० लाख च्त्(एऋच् त्भकत
मृत्यदर प्रति १० लाख
नेपाल ८६२५ १
भारत ७०९३ १४
बंगलादेश ५१५५ १२
श्रीलंका ५१६० ०.५
पाकिस्तान ६३३० २१

ड्ड वर्तमान अबस्थामा यस अनुसन्धान परिषद, कोभिड–१९ले निम्त्याएको चुनौतिको सामना गर्दै छैठौँ सिखर सम्मेलन सञ्चालन गर्न सफल भएकोमा बधाई दिदै कार्यक्रम सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यबाद ।

 



प्रतिक्रिया दिनुहोस्