असार २२, काठमाण्डौ । पछिल्लो केही दिन यता काठमाडौंमा कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेको छ । लक डाउन खुकुलो भएपछि उपत्यकामा जोखिम बढेको हो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालले कोरोनाको जोखिम न्युनिकरण गर्नको लागि सरकारको जोडवलले मात्र नभ्याउने भन्दै नागरिक लाई सजग रहन आग्रह गरेको छ । ३ महिना सम्म घर भित्र बसेका नागरिक भने रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै बाहिर निस्कन थालेका छन् ।
काठमाडौ उपत्यकामा पछिल्ले केहीदिन यताको कोरोना सङक्रमितको सङख्या बढ्न थालेको छ । उपत्यकामा दैनिक जसो २५ देखि ३० जनाको हाराहारीमा सङक्रमित बढ्न थालेका हुन् । आइतवार मात्र काठमाडौंमा २७ जनामा कोरोना पोजेटीभ पुष्टि भयो । त्यस्तै ललितपुरमा दुई र भक्तपुरमा एक जनामा कोरोना देखियो । बिहीवार पनि काठमाडौंमा २८ जनामा कोरोना संक्रमण देखिएको थियो । उक्त दिन भक्तपुर र ललितपुर गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोमबार झन बढेर तीन जिल्लामा गरी ५४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।
देशभर संक्रमण फैलिन सुरु भएको दुई महिनासम्म काठमाडौंमा संक्रमितको सङ्ख्या एक अंकमा देखिएको थिए । तर अहिले संक्रमितको सङ्ख्या दुई अंकमा देखिन थालेको छ । कोरोनाको जोखिम बढ्दै जाँदा सर्वसाधारले भने स्वास्थ्य सुरक्षा सतर्कता पनि अपनाउन छाडेका छन् । तर घरभित्रै बसिरहँदा दैनिक गुजारा टार्न पनि नसकेपछि बाध्य भएर विभिन्न काममा लागि बाहिर निस्कनुपरेको सर्वसाधारण बताउँछन् ।
काठमाण्डौ उपत्यकामा सक्रमित मध्ये ७५ प्रतिशत अन्य देशहरुबाट आएका र २५ प्रतिशत कुनै ट्राभल्व हिस्ट्रि नभएकाहरु छन् । उपत्यकामा बढेको भिडभाड र जनमानसको लापरबाहिको कारण सङक्रमित बढे्े जोखिम हुदा सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेका छ ।