Logo

वार्षिक र मासिक शुल्क नतिर्ने अभिभावकलाई स्कुल छाड्न धम्की



काठमाडौं, २३ असार । राजधानीको छाउनीस्थित काठमाडौं भ्याली स्कुलले लकडाउनमा अभिभावकसँग वार्षिक शुल्क र मासिक शुल्क वापत ४० हजार रुपिया सम्मको बील पठाएपछि विद्यालय र अभिभावकबीच टकराब बढेको छ ।

यति सम्मकी विद्यालय प्रशासनले वार्षिक र मासिक शुल्क नतिरे छोराछोरी फिर्ता लैजान समेत धम्की दिएका छन् ।

यसअघि पनि विवादमा आएको सो विद्यालयका अध्यक्ष डा। स्वागत श्रेष्ठले आफुले नयाँ प्रविधिमा आधारिक अनलाईन कक्षा सञ्चालन गरेको दाबी गर्दै त्यस वापत शुल्क माग गरेको बताउनुभएको छ । आफुलाई सूचना प्रविधि विज्ञ र अनुसन्धान कर्ताको परिचय दिने अध्यक्ष डा। श्रेष्ठले अहिले तिर्न नसकेपनि कुनैपनि हालतमा वार्षिक शुल्क उठाएरै छाड्ने अडान राख्नुभएको छ ।

अध्यक्ष डा। श्रेष्ठ भन्नुहुन्छ – अभिभावकलाई वार्षिक शुल्क वापतको रकम अहिले तिर्न नसके पछिसम्म तिर्दापनि हुन्छ भन्ने आग्रह गरेका हौ । सो विद्यालयले कक्षा २ मा मासिक र वार्षिक शुल्क समेत गरी जेठ सम्मको २० हजार ४ सय ३३ हजार ५ सयको बील पठाएका छन् बील पठाउदा समस्या देखिने भएपछि भाइबरमा बील पठाएको खबर आजको समाचारपत्रत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्