Logo

कैना खोलामा एक पुरुष बेपत्ता



जाजरकोट, २३ असार । जाजरकोट नलगाड नगरपालिका ४ लहँ औलका ५० बर्षिय शान्त वहादुर सार्कीलाई कैन खोलाले बगाएर बेपत्ता भएका छन् । आईतवार राति नलगाड नगरपालिका ३ कैना बजारबाट घर फर्कने क्रममा खोला तर्न लाग्दा बेपत्ता भएका हुन । ८ बर्षिय छोरासगै घर फर्कदै गर्दा खोल तर्ने क्रममा शान्त वहादुर सार्की वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले वताउनु भयो ।

खोला पारि झोला राखेर छोरालाई लिन आउछु भन्दै छोरालाई खोला किनारमै छोडेर गएका शान्त वहादुर सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले वताउनु भयो । बुवालाई खोलाले बगाएको नाबालक छोराले कैन वजारका स्थानियबासीलाई जानकारी गराएका थिए । बेपत्ता भएका सार्कीको स्थानिय बासिन्दा र प्रहरीले खोजि कार्य जारी राखेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले वताउनु भयो ।

कहिले मानिसको ज्यान लिने कहिले ठुलो धनजनको क्षेति पुरयाउदै आएको कैना खोलाले गत वर्ष यसै खोलाले स्थानियको करिव ८ सय रोपनी जमिनमा लगाएको धान खेत झोलुगे पुल, दर्जनौ घट्ट लगाएत मिल बगाएको थियो । केहि दिन अघि झुम्रा खोलामा आएको बाढीले करिव २ सय रोपनी जमिनको धान खेत बगाएको जिल्ला समन्वय समिति जाजरकोटका संयोजनक मन बहादुर रावलले वताएको समाचार आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्