Logo

कैलालीमा ओली र दहाल समर्थकबीच झडप



टीकापुर, २३ असार । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ। ओली पक्षधरले लम्कीचोकमा प्रधानमन्त्रीको बचाउमा निकालेको र्‍यालीमा झडप भएको हो।

कोणसभा चलिरहेका बेलामा प्रचण्ड पक्षधरले आक्रमणको प्रयास गरेका थिए। झडपपछि केहीबेर लम्की क्षेत्र तनावग्रस्त भएको थियो। सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपी शर्मा ओलीको फोटोसहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाले प्रर्दशन गरेका थिए।

देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्र माथि, राष्ट्रिय स्वाभिमान कायम गर, वैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा लेखेका प्ले कार्डसहित केपी शर्मा ओली पक्षधर युवाको सहभागिता थियो। सचेत नागरिक समाजको तर्फबाट ओली पक्ष निकट लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले केपी शर्मा ओलीको बचाउ गर्दै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाएपछि प्रचण्ड पक्षधरले माइक खोसेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot