Logo

भारत बाहेकका मुलुकबाट २० हजार ३१ जना स्वदेश फिर्ता



काठमाडौँ, २३ असार। भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन् । कोभिड–१९ सङ्क्रमणका कारण विदेशका विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश आउने क्रममा सोमबार मात्र ८७८ जना नेपाली नागरिक स्वदेश फर्केको कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टरले जानकारी दिएको छ ।

जस अनुसार बहराइनबाट १४८ जना, कुवेतबाट ३१६ जना, साउदी अरबबाट २५९ जना र मलेसियाबाट १५५ जना नेपाली स्वदेश फर्केका छन् । जसमध्ये उच्च ज्वरो आएका एकजनालाई एयरपोर्टबाट सीधै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

सेन्टरका अनुसार असार २२ गतेसम्म सबैभन्दा बढी कुवेतबाट चार हजार ३११ जना स्वदेश फर्केका छन् । त्यसपछि बढी सङ्ख्यामा युएइबाट तीन हजार ५९६ जना, साउदी अरेबियाबाट दुई हजार ८०८ जना, कतारबाट दुई हजार २५६ जना र मलेसियाबाट एकहजार ९६५ जना नेपाली नागरिक स्वदेश फर्केका छन् ।

त्यस्तै, बङ्गलादेशबाट ८४१ जना, माल्दिभ्सबाट ७०९ जना, जापानबाट ४९२ जना, अष्ट्रेलियाबाट ४८३ जना, अमेरिकाबाट ४२३, बहराइनबाट ५६८, थाइल्याण्डबाट ३२६ जना र ओमानबाट ३१३ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । त्यस्तै बेलायतबाट २२९ जना, दक्षिण कोरियाबाट २२८ जना, सिङ्गापुरबाट १४६, इजरायलबाट १२७, हङकङबाट ८९, पाकिस्तानबाट ७२ जना नेपाली स्वदेश फर्केको सेन्टरले जनाएको छ ।

त्यस्तै कम सङ्ख्यामा नेपाली नागरिक स्वदेश फर्केका देशमध्येबाट म्यानमारबाट २६ जना, अफगानिस्तानबाट १८ जना, श्रीलङ्काबाट पाँच जना नेपाली नागरिक स्वदेश फर्केका खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्