Logo

पाइलट र विमानका कर्मचारी संक्रमित भेटिएपछि होटल सोल्टी सिल



काठमाडौं, २३ असार । काठमाडौं उपत्यकामा सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललितपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

राजधानीमा कोरोना संक्रमित भेटिएपछि अहिले बिभिन्न क्षेत्र सिल गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । स्थानीय प्रशासनले सोल्टीस्थित सोल्टी होटल सिल गरेको छ ।

नेपाल वायु सेना निगमका पाइलट र क्रु मेम्बरमा कोरोना संक्रमण देखिएपछि उक्त होटल सिल गरेको हो । होटलको पाँचौं तलामा विभिन्न अन्तर्राष्ट्रिय उडानमा सहभागी भएका एक पाइलट र ६ क्रु मेम्बरमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले होटललाई सिल गरेको हो । सो होटलमा सरकारले विदेश उडान गर्ने पाइलट र विमानमा काम गर्ने कर्मचारीलाई राखेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्