Logo

ओली-प्रचण्डबीच आज निर्णायक वार्ता



काठमाडौं, २३ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज निर्णायक वार्ता हुँदैछ । प्रचण्डले आफ्नो समुहका नेतालाई आज अन्तिम पटक प्रयास गर्ने र कुरा नमिले भोलि स्थायी कमिटी बैठकबाट निर्णय गरेर जाने बताइसकेका छन् ।

प्रचण्ड निकट स्रोतका अनुसार अब पर्खन नसकिने र अन्तिम पटक सहमतिको प्रयास गर्ने गरी तयारी भएको छ । यसअघि पटक पटक सहमति बनाउन स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । अब भोलिका लागि बैठक तय गरिएको छ ।

आज पनि कुरा नमिले दुवै पक्ष आ आफ्नो ढंगले बढ्ने तयारी समेत भइसकेको छ । निकटस्थको पहलमा गर्ने वार्तामा आ आफ्नो अडानमा लचिलो हुने हुन् होइनन् यसले नेकपाको भविष्य पनि तय गर्नेछन् । प्रचण्ड समुहले ओलीको राजीनामा मागेको छ । ओली कुनै हालतमा राजीनामा नदिने पक्षमा छन् । यसले टकराव बढाएको छ ।

यसैगरी, दुवै पक्ष सम्भावित फुटपछिको परिस्थितिको तयारीमा समेत जुटेका छन् । आफ्नो पक्षका सांसद देखि स्थायी र केन्द्रीय कमिटिका सदस्यलाई काठमाडौं नछाड्न भनिएको छ । नेकपाभित्र सहमति बनाउने प्रयासमा एकाथरी सक्रिय छन् । अर्काथरी सांसदको अंकगणित मिलाउन सक्रिय भएका छन् । तर, सहमतिको लागि वार कि पारको स्थिति बन्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot