काठमाडौं, २३ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहँदा चिनियाँ राजदुप होउ यान्छीले दौडधुप तिव्र पारेकी छिन् । उनले नेकपाका शिर्ष नेताहरुसँगको भेट जारी राखेकी छिन् । यान्छीले आज विहान नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् ।
भेटका लागि खनालको निवास डल्लुमा उनी ९ बजे पुगेकी थिइन् । जीप चढेर पुगेकी यान्छीले ४५ मिनेट कुराकानी गरेको बुझिएको छ । नेकपाको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेकी थिइन् ।
यसअघि यान्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वर पुगेर भेटेकी थिइन् । उनले नेकपा एकतामा जोड दिएको बुझिएको छ ।
यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत हप्ता नै भेटिसकेकी छिन् । उनको दौडधुपलाई अर्थपूर्ण मानिएको छ ।
यसअघि ओली सरकार डगमगाउँदा पनि यान्छीले शिर्ष नेताहरुसँग भेटेपछि कुरा मिलेको थियो । यसपटकको भेटलाई पनि नेकपाभित्र कुरा मिलाउने प्रयासका रुपमा लिइएको छ ।