Logo

चार बाख्रा पाल्नेलाई साढे ७ लाख अनुदान



कैलाली, असार २३ । सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकारी महाशाखाले गत आर्थिक वर्ष २०७५/०७६ मा बाजुराको छतारा कृषि सहकारी संस्थालाई सात लाख ५० हजार अनुदान दियो।

त्रिवेणी नगरपालिका वडा नम्बर १ मा रहेको उक्त सहकारीलाई फार्म निर्माण गरी बाख्रा पालनका लागि भन्दै अनुदान दिईएको हो। तर उक्त सहकारीले फार्म भने सञ्चालन गरेको छैन्। फार्म सञ्चालन नभएपनि ३० हजारका चार वटा बाख्रा वितरण गरेको सहकारीले जनाएको छ।

गत बर्ष कृषि मन्त्रालयले प्रदेशका ८८ वटै स्थानीय तहका एक सय सहकारीलाई पशुपालनका लागि अनुदान दिएको थियो। प्रदेशका एक सय सहकारीलाई ११ करोड ९२ लाख ६५ हजार वितरण गरिएको छ। तीन सहकारीलाई १६ लाखका दरले र बाँकी सबैलाई सात लाख ५० हजारका दरले अनुदान वितरण गरिएको हो। तर,पशुपालनमा अनुदान पाएका सहकारीले भने काम समेत नगरेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्