Logo

प्रहरीले आज नयाँ नेतृत्व पाउँन सक्ने, ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दै



काठमाडौ, असार २३ । काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीको कार्यकाल बुधबार सकिदै छ । ज्ञवालीले ३० वर्षे सेवा अवधीको कारण अनिवार्य अवकाश पाउने भएपछि प्रहरीमा नयाँ नेतृत्वको समेत चर्चा सुरु भएको छ । नयाँ आईजीपी नियुक्त सम्बन्धि निणर्य गर्न आज अपराहन ४ बजे मन्त्रीपरिषद्को बैठक बस्ने तय भएको छ । सम्भवत मन्त्रीपरिषद्को निणले आजै प्रहरीको २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना समेत बढेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षत्री र हरि पाल महानिरीक्षक बन्ने दौडमा रहेका छन् । संगठनमा थापाको बौद्धिक र इमानदार अधिकृतको छवि छ भने पाल अपरेसन र कमान्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा चिनिन्छन ।नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहने छ।



प्रतिक्रिया दिनुहोस्