Logo

भारतीय सेनासँगको झडपमा चीनका सयभन्दा बढी सैनिक मारिएको खुलासा



एजेन्सी, २३ असार । भारतसँग १५ र १६ जुनमा गलवाल उपत्यकामा भएको झडपमा एक सयभन्दा बढी चिनियाँ सैनिक मारिएको खुलासा भएको छ । चिनियाँ सैनिकका पूर्व अधिकृत याङ जियानलीले यस्तो खुलासा गरेका हुन ।

भारतले आफ्नोतर्फ कमाडरसहित २० सैनिक मारिएको खुलाएको छ । तर, उक्त घटनामा कति जनाको मृत्यु भयो भन्नेबारे अहिलेसम्म चीनले विवरण सार्वजनिक गरेको छैन । चिनियाँतर्फ पनि ठुलो संख्यामा सैनिक मारिएको उल्लेख छ ।

दुवै देशले कुटनीतिक पहल गरी सैनिक केही पछाडि हटाइसकेका छन् । यसका लागि सैन्य र कुटनीतिक तहमा लामो वार्ता भएको थियो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्