Logo

पूर्व डिआईजीका छोरा, शैलेश थापा क्षेत्री को हुन?



काठमाडौं, असार २४ । प्रहरी संगठनमा शालीन र व्यावसायिक छवि भएका प्रहरी अधिकृतका रूपमा शैलेश थापा क्षेत्रीलाई लिइन्छ । १९ वैशाख २०४९ बाट प्रहरी निरीक्षक हुँदै प्रहरी सेवामा प्रवेश गरेका थापा भक्तपुर कटुन्जेका स्थायी बासिन्दा हुन् । उनी २३ मंसिर २०२५ मा जन्मिएका हुन् ।

थापाले संगठनमा व्यावसायिक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतको परिचय बनाएका छन् । डिआइजी हुँदा थापाले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व सम्हालेका छन् । थापाको व्यावसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ ।
उनले इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी र डिआईजी हुँदा प्रतिष्ठान र महानिरीक्षकको सचिवालयमा बसेर अनुभव बटुलेका छन् ।

इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोकमा काम गरेका छन् । त्यस्तै, डिएसपी हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमान्ड सम्हालेका थिए भने एसपी हुँदा कास्की र झापाको कमान्ड सम्हालेका थिए ।

एसएसपीमा बढुवा भएपछि थापा प्रहरी प्रधान कार्यालयको प्रवक्ता बनेका थिए । उनले डिआइजी बनेपछि समेत प्रहरी प्रधान कार्यालयको प्रवक्ताको जिम्मेवारी पाएका थिए । थापाले राजनीतिशास्त्रमा एमए गरेका छन् । थापाका बुबा पनि अवकाशप्राप्त डिआईजी हुन् ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्