Logo

काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको चाप बढ्यो



काठमाडौ, २४ असार । भक्तपुरको जगाति हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ । विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो । सो नाका हुँदै उपत्यका भित्रिनेहरूलाई गाडीबाट झारेर चेकजाँच गरिएको छ ।

चेकजाँचका क्रममा सो सडक खण्डमा जाम परेको हो । सरकारले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाएपनि अत्यावश्यक सवारी र सम्बन्धित निकायबाट पास लिएर आवतजावत गर्नेहरुको संख्यामा भने कमि आएको छैन् । कोरोना भाइरस ९कोभिड—१९० संक्रमण न्यनिकरणका लागि भन्दै सरकारले लक डाउन गरेपछि पछिल्लो समय केही खुकुलो भएसँगै नीजि सवारी साधन सञ्चालनमा रहेका छन् ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्दै जिल्ला भित्र जोर विजोर प्रणालीबाट सवारी सधान सञ्चालन गर्न दिएको छ । मंगलबार भक्तपुरको जगातीमा उपत्यका भित्रने सावारीसाधनको चेकजाँच गरिएपछि सवारी साधनको लामो लाइन लागेको खबर आजको नागरिक दैनिकले प्रकाशन गरेको छ । File photo



प्रतिक्रिया दिनुहोस्