Logo

कोरोना संक्रमित बिरामीको उपचार गर्दैनन् चितवनका ठूला अस्पताल



चितवन, २४ असार । चितवन भरतपुरस्थित चौबीसकोठीमा रहेको नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुर–११ निवासी ६८ वर्षीया एक वृद्धलाई कोरोना संक्रमण पुष्टि भयो । मुट र निमोनियाको समस्या रहेका ती वृद्धको कोरोना संक्रमण हुनु अघिसम्म सोही अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको थियो ।

जब जेठ २६ गते ती वृद्धलाई कोरोना संक्रमण पुष्टि भयो, नारायणी सामुदायिक अस्पतालले उनको थप उपचार गर्न मानेन । अस्पताल प्रशासनले बिरामी रहेका वृद्धलाई भरतपुर अस्पतालमा रेफर गर्न खोज्यो । तर, चितवन प्रशासनले नारायणी सामुदायिक अस्पताललाई बिरामी भरतपुर अस्पतालमा रेफर नगर्न पटकपटक अनुरोध ग¥यो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई स्वयम् आफैंले पनि नारायणी सामुदायिक अस्पतालका डा। भक्तमान श्रेष्ठलाई फोन गरी बिरामीलाई अन्यत्र नसार्न भन्नुभएको थियो । तर, पनि जिल्ला प्रशासनको निर्देशन एवम् अनुरोधसमेतलाई नटेरी अस्पताल प्रशासनले ती वृद्वलाई जबरजस्ती त्यहाँबाट हटाउँदा उनको जेठ २७ गते बिहान भरतपुर अस्पतालमा मृत्यु भएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्