Logo

पहिरो पूर्वसूचना प्रणालीको विकास



काठमाडौं, असार २४ । सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति रोक्न सकिएको छैन ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भूगर्भ विभागले मिलेर असरमा आधारित पहिरो पूर्वसूचना प्रणालीको विकासले काम थालिसकेको छ । “यस वर्ष प्रयास सुरु गरौँ भनेर तीनै निकायको संयुक्त पहलमा नक्साङ्कन थालेका छौँ,” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने ।

पोखरेलले पहिरो पूर्वानुमान त्यति सजिलो नभए पनि असम्भव नै भने नभएको बताए । त्यस क्रममा सबैभन्दा पहिले चितवनको कविलास र गोरखामा पहिरोको पूर्वानुमान गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot