काठमाडौं, असार २४ । नेकपा स्थायी कमिटीको बैठक असार २६ गतेसम्मलाई स्थगित भएको छ । शुक्रबार विहान ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। यसअधि आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक शुक्रबारसम्मलाई सारिएको हो ।
सोमबार र मंगलबार अध्यक्षद्धयले एक्लाएक्लै छलफल गरेपछि स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति भएको थियो । तर, अन्तिममा आएर बैठक स्थगित गरिएको छ।
ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ ।
बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षले छलफल गर्दै नेकपा जारी स्थायी कमिटीबाटै विवाद समाधान गर्ने निष्कर्षमा पुगेका छन् । आज बस्ने भनेको स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच पुनः ‘वान टु वान’ छलफल हुने बताइएपनि एकाएक बैठक स्थगित भएको हो ।