काठमाडौं, २५ असार । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित हुने अनिश्चित भैरहेको अवस्थामा राजधानी लगायत देशका केही माध्यमिक विद्यालयल प्रि अनलाईन रजिष्ट्रेशनको नाममा कक्षा ११ को भर्ना प्रकृया शुरु गरिरहेका छन् । राजधानीका कहलिएका जिरो प्लसटु र केही माविले आफ्नो वेव साइटमा अनलाईन प्रि रजिष्ट्रशन शुरु गरिसकेका छन् ।
परीक्षाफल प्रकाशित नहुदै भर्ना प्रकृया शुरु गर्न मिल्छ त रु भन्ने प्रश्नमा अधिकांस विद्यालय सञ्चालकको भनाई थियो–यो त कति विद्यार्थीले फारम भर्छन भन्ने विषयको मुल्याङकन मात्र भएको दाबी गरेको छ । अधिकांस राजधानीका माविले अनलाईन भर्ना आब्हान गरेका छन् । परीक्षाफल प्रकाशित नभै भर्ना लिन नहुने सरकारी मान्यतालाई बिर्सदै मनपरी रुपमा भर्ना थालेका छन् ।
पछिल्लो समय तीन महिनाको विभिन्न शुल्क सहित एक लाख रुपिया भन्दा बढी शुल्क बुझाउन अभिभावकलाई दवाब दिने ललितपुर खुमलटारको प्रिमियर स्कुलले कक्षा ११ को लागि प्रि रजिष्ट्रेशन खुला गरेको छ । प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड स्कुलको नाममा वेवसाइटमा फारम र फेसबुकमा विज्ञापन गरेको छ ।
विशेषगरी राजधानीका ठुला भनिएका र राजनीतिक पहँुच बोकेका विद्यालयले प्रि अनलाईन रजिष्ट्रेशन खुला गरेका छन् । बत्तिसपुतलीको गोल्डेनगेट, वागबजारको केएमसि, कोटेश्वरको सिसिआरसी, कमलादीको युनिग्लोब लगायतका विद्यालयले अनलाईन रजिष्ट्रेशन खुला गरेका छन् । सिसिआरसीले इ सर्भिसबाट १ सय २५ रुपिया तिरेर फारम लिन समेत सुचना जारी गरेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।