कैलाली, असार २५ । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका युवक हत्कडीसहित थुनाबाट भागेका छन्। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडीसहित थुनाबाट भागेका हुन्।
उनको खोजीका लागि प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले बताए । ७५ बर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका उनी बेलुका भाग्न सफल भएका हुन् ।