Logo

कोरोनाले ल्याएको भोकले दैनिक १२ हजार मृत्यु हुने अनुमान



एजेन्सी, २५ असार । सँसारभर कोरोना भाइरसको महामारीको प्रभाव खतरनाक बन्दै गएको छ । तर, रोगले भन्दा रोगले ल्याएको भोकले बढी मानिसको मर्ने खतरा औल्याइएको छ ।

सामाजिक संस्था अक्फामले कोभिड १९ को प्रभावले हुने भोकले दैनिक १२ हजारको मृत्यु हुने अनुमान गरेको छ । यो संख्या रोगले मर्नेभन्दा बढी हुने भनिएको छ ।

अक्सफामले आज नयाँ सुचना सार्वजनिक गर्दै अप्रिल २०२० मा सबैभन्दा बढी दैनिक १० हजारको मृत्यु भएको तथ्यांक रहेकोमा यससँग सम्बन्धी भोकमरीले त्योभन्दा बढी मानिसको मृत्यु हुन थाल्ने खतरा औल्याएको हो ।

भोकको भाइरस भन्दै १२ करोड १० लाख मानिस यसवर्ष भोकमरीको शिकार हुने तथ्यांक सार्वजनिक गरेको छ । भोकमरीको कारणमा ठुलो संख्यामा बढ्ने बेरोजगारी, खाद्य उत्पादन र वितरणमा समस्या देखि खाद्य सहयोग घट्ने उल्लेख छ ।

सबैभन्दा बढी भोकमरीको केन्द्र बन्ने क्षेत्रमा भेनेजुएला र दक्षिणी सुडान रहने अनुमान छ । यमन, भारत, दक्षिण अफ्रिका र ब्राजिलमा पनि भोकमरी बढ्ने अक्सफामको रिपोर्टमा भनिएको छ ।-Photo Source: AFP



प्रतिक्रिया दिनुहोस्