Logo

एक हप्तासम्म मनसुन सक्रिय हुने, बाढी र पहिरो जानसक्ने



काठमाडौँ, २६ असार। असार २६ गते शुक्रबारदेखि आउँदो शुक्रबारसम्म मनसुन अझै धेरै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘एक साता बिहान घाम लागे जस्तो हुने र रातको समयमा मनसुन अत्यधिक सक्रिय रहनेछ’ जल तथा मौसम विज्ञान विभागका मौसमविज्ञ वरुण पौडेलले भन्नुभयो । पचास मिलिलिटरसम्म भएको वर्षा मध्यम भएकाले नेपालका केही स्थानबाहेक अधिकांश भागहरूमा मध्यम वर्षा भइरहेको उहाँले बताउनुभयो । ‘अब एक साता मनसुन अत्यधिक सक्रिय रहनेछ ।’

प्रदेश नम्बर २ का सबै जिल्लाहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन निक्कै सक्रिय भएकाले सावधानी अपनाउन उहाँले सबैमा अनुरोध गर्नुुभयो । ‘पूर्व १ नम्बरका पहाडी जिल्लाहरूमा हिजोदेखि नै मनसुन सक्रिय थियो’ पौडेलले भन्नुुभयो, ‘सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, दोलखामा सम्बद्ध पक्षले सक्रियता अपनाउन आवश्यक छ’ पौडेलले भन्नुभयो, यो ठाउँहरूमा रातको समयमा सक्रिय हुने भएकाले सावधानी अपनाउनुहोला’ पौडेलले आग्रह गरेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ । FIle photo



प्रतिक्रिया दिनुहोस्