Logo

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २३ लाख नाघ्यो



काठमाडौं, असार २६ । कोरोना भाइरसबाट विश्वभर पाँच लाख ५६ हजार बढीको मृत्यु भइसकेको छ।जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या पााच लाख ५६ सय ५ सय ८५ पुगेको छ।

त्यस्तै, एक करोड २३ लाख ७८ हजार सात सय ७५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ७१ लाख ८२ हजार तीन सय ९४ जना निको भइसकेका छन्।

कोरोनाबाट सबैभन्दा प्रभावित देशको सूचीमा अमेरिका रहदै आएको छ । अमेरिकामा हालसम्म एक लाख ३५ हजार आठ सय आठ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा हालसम्म ६९ दुई सय ५४,भारतमा २१ हजार ६ सय २३, रसियामा १० हजार आठ सय ४३ र पेरुमा ११ हजार तीन सय १४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्