लण्डन, २६ असार । बेलायत सरकारले इङल्याण्डमा लेजर सर्भिस र व्यूटि सर्भिसलाई खुला गर्न अनुमति दिएको छ । साँस्कृतिक मन्त्री ओलिभर डाउडेनले बिहीबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित कोरोना व्रिफिङमा घरबाहिरका खेलकुद, स्वीमिङ पुल, जीम, नेल बार, टाटुज र व्यूटी पार्लर लगायतलाई खुला गर्ने अनुमति दिएको जानकारी दिएका हुन् ।
बीबीसीका अनुसार त्यस्ता गतिविधि खुला गर्दा सामाजिक दुरी कायम गर्न र सीमिति व्यक्तिलाई प्रवेश गराई गतिविधि अघि बढाउन सरकारले अनिवार्य सर्त राखेको छ ।
आज घोषणा गरिएअनुसार घर बाहिरका स्वीमिङ पुलहरु पर्सि शनिबार ११ जुलाईदेखि खुला हुनेछ यस्नै घरबाहिरको थिएटर, ओपरा, नृत्य र संगीतका कार्यक्रमहरु पनि सोही दिनदेखि खुला हुनेछ । त्यस्तै, क्रिकेटलगायतका घाँसमा खेलिने खेलहरु पनि यसै सप्ताहन्तबाट शुरु हुनेछन् । ब्यूटी पार्लरहरु, ट्याटू स्टूडियोहरु, स्पाहरु, ट्यानिङ सैलुनहरु सोमबार जुलाई १३ देखि खुला हुनेछन् । घरभित्रका जीम, स्वीमिङ पुल र लिजर सेन्टरहरु भने आगामी २५ जुलाईमा खुला हुने खबर आजको वीनेपालीले प्रकाशन गरेको छ । File photo