Logo

आज पनि नेकपा स्थायी कमिट बैठक बस्नेमा अन्यौल, कहिले होला आइसब्रेक ?



काठमाडौं, २६ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आजका लागि डाकिएको छ । पटक पटक स्थगित भएको बैठक आज पनि बस्ने वा नबस्ने टुंगो छैन । आज ११ बजेका लागि डाकिएको बैठकका लागि स्थायी कमिटी सदस्यहरु भने आ आफ्नो तयारीमा रहेको बुझिएको छ ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि उत्पन्न विवादको टुंगो बैठकले लगाउने अपेक्षा गरिएको छ । यसपटक जे सहमति वा विमति भएपनि स्थायी कमिटी बैठकले निर्णय लिने गरी तय भएको छ । त्यसैले पनि नेताहरु बसेर प्रारम्भिक सहमतिको प्रयास गर्दै आएका छन् ।

सहमति नबन्नुमा ओली र प्रचण्ड दुवै अडानबाट पछि नहट्नु कारण रहेको छ । ओली कुनै हालतमा प्रधानमन्त्री र अध्यक्ष पद छाड्न मानेका छैनन् । उनले प्रधानमन्त्रीका लागि अर्को चुनाव कुर्न र अध्यक्षका लागि महाधिवेशन कुर्न भनिदिए । ओलीले झन् झन् आफूलाई कडा बनाउँदै लगेका छन् ।

ओली आफ्ना विरोधीलाई गलाउन सक्रिय भइरहँदा प्रचण्डले पनि अडान छाडेका छैनन् । उनी कुनै हालतमा ओलीलाई सहज तरिकाले राजीनामा दिन आग्रह गरिरहेका छन् । यसका लागि पटक पटक गरी तीनपटक स्थायी कमिटी बैठक स्थगित गरेर भएपनि कुरा मिलाउन प्रयास गरिरहेका छन् । तर, कुरा मिल्न सकेको छैन । सहमतिका लागि बीचको बाटो पनि बनाउने प्रयास भइरहेको छ । त्यसमा पनि सहमति जुट्न सकेको छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot