Logo

वडा अध्यक्ष नै अध्यक्ष रहेको सहकारीको मलमा कालोबजारी



काठमाडौं, असार २६ । मध्यखेतीको बेला भइरहँदा रासायनिक मलको अभावमा किसान मर्कामा परेका छन् । तर नेपाल सरकारबाट अनुदानमा प्राप्त हुने रासायनिक मल रौतहटका तीन सहकारी संस्थाले एजेन्टमार्फत कालोबजारी गरेको पाइएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ बाग्मतीस्थित सृजनशील कृषि सहकारी संस्था लिमिटेड, बाग्मती वचत तथा ऋण सहकारी संस्था लिमिटेड र उन्नतिशील महिला कृषि सहकारी संस्था लिमिटेडको नाममा खरिद गरिएको रासायनिक मल कालोबजारी गरेको पाइएको छ ।

खरिद गरिएको रासायनिक मल आफ्ना शेयर सदस्य किसानलाई सहज ढंगले बिक्रीवितरण गर्नुको बदला सर्लाहीको बाग्मती नगरपालिका–१२ कर्मैया घर भई चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती बजारमा राहुल खाद्य उद्योग सञ्चालन गरी बसेका सत्यलाल साहमार्फत कालोबजारी गरेको पाइएको हो ।

मल कालोबजारीको आरोपमा साहलाई असार १५ गते प्रहरीले पक्राउ गरेपछि यसको रहस्य खुलेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot