Logo

नेकपा विवादः एमसीसी पास गर्न सहयोग गरे पार्टीको मुख्य जिम्मेवारी प्रचण्डलाई दिने प्रस्ताव



काठमाडौं, २६ असार । नेपाल कम्युनिस्ट पार्टीमा एक व्यक्ति एक पद गरेर सहमतिको बिन्दु तयार गर्ने प्रयास भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद नछाड्ने अडान लिइरहँदा सहमतिका लागि बीचको बाटोको खाजी भइरहँदा त्यस्तो प्रयास भइरहेको हो ।

ओलीनिकटस्थ स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेल बिहिबार साँझ प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले ओलीका तर्फबाट सहमतिको बटमलाइनबारे छलफल गरे । विश्वस्त स्रोतका अनुसार ओली पक्षले पार्टी नेतृत्व प्रचण्डले लिनेगरी सहमति निकाल्न सकिने तर त्यसका लागि एमसीसी पारित गर्न सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । ओली र प्रचण्ड दुवै अध्यक्ष रहेपनि पार्टी चलाउने मुख्य अधिकार प्रचण्डलाई दिने उनीहरुको प्रस्ताव थियो ।

ओली पक्षधरले सरकार भने कुनै हालतमा नछाड्ने अडान कसेको छ । प्रचण्डले भने बटमलाइन नै सरकार छाड्नुपर्ने भन्दै पार्टी स्थायी कमिटीको निर्णय अनुसार चल्नुपर्ने अडान राखेका छन् । दुवै पक्षको आ आफ्नो अडानले कुरा मिल्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot