Logo

दुई अर्बको सामान अलपत्र



वीरगन्ज, असार २६ । सरकारले आयातमा प्रतिबन्ध लगाएपछि करिब दुई अर्ब रुपैयाँको कृषिजन्य वस्तु वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा अलपत्र परेको छ। वीरगञ्जको सिर्सिया बन्दरगाहमा पछिल्लो दुई महिनादेखि केराउ, छोकडा, मरिच र सुपारी अलपत्र छ।

वैदेशिक मुद्रा सञ्चितिमा नकारात्मक असर परेको भन्दै सरकारले गत चैत १६ गते राजपत्रमा सूचना प्रकाशित गरी केराउ, छोकडा, मरिच र सुपारी आयातमा प्रतिबन्ध लगाएको थियो। चैत १६ अघि नै आयात प्रक्रियामा रहेकालाई भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वअनुमतिमा आयात गर्न दिइएको थियो।

यो व्यवस्थाविपरीत आयातकर्ताले ल्याएका यस्ता वस्तुु सुक्खा बन्दरगाहमा भित्रिएकोे भेटिएपछि बन्दरगाह भन्सारले ८ सय कन्टेनरको जाँचपास रोेकेको हो। विभागको पूर्वअनुमति बिना नेपाली आयातकर्ताले विदेशबाट आयात गरेका पाँच सय कन्टेनर केराउ, एक सय कन्टेनर मरिच, एक सय कन्टेनर छोकडा र एक सय कन्टेनर सुपारी गरी कुल आठ सय कन्टेनर दुई महिनादेखि रोकिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्