Logo

जी न्युजका सम्पादकले दुख व्यक्त गर्दै हटाए नेपालबारे विवादित ट्वीट



नयाँदिल्ली, २७ असार । भरतीय टेलिभिजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले आफ्नो टिप्पणीले नेपाली दर्शकहरुमा चोट पुगेको भन्दै नेपालबारे लेखेको ट्वीट हटाएका छन् ।

नेपालमा याँका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय टिभी च्यानलको प्रशारण बन्द गरिदिएपछि पत्रकार चौधरीले नेपालबारे विवादित ट्वीट लेखेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन ।’ यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्