Logo

राहत प्याकेज नहुँदासम्म सार्वजनिक गाडी नचलाइने



काठमाडौं, असार २७। सरकारले ५० प्रतिशत भाडा वृद्धि गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा खुला गरे पनि व्यवसायीले भने सवारी साधन नचलाउने भएका छन् । वृद्धि गरेको भाडा फिर्ता लिएर जनता र व्यवसायीलाई राहत प्याकेज दिन माग गरिएको छ । सरकारले भाडा वृद्धि गरेर जनतालाई थप भार पु¥याएको भन्दै भाडा वृद्धि फिर्ता लिन माग गरिएको छ । सरकारले राहत प्याकेज दिनुपर्ने व्यवसायीको माग छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यही अवस्थामा सार्वजनिक सवारी सञ्चालन नगर्ने भएको छ । महासंघको केन्द्रीय समितिको शुक्रबारको बैठकले सार्वजनिक सवारी तत्काल सञ्चालन नगर्ने निर्णय गरेको हो । महासंघले गत वैशाख २१ गते सरकारलाई पेस गरेको सुझाव अनुसार काम हुन नसकेको जनाएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन– “भाडा वृद्धि गरेर सरकारले जनतालाई थप मारमा पा¥यो, यो वृद्धि गर्नुपर्दैन, सरकारले आफ्नो तर्फबाट हामी व्यवसायीलाई राहत प्याकेज दिए पुग्छ, हिजोको निर्णयमा सरकारको कुनै पनि दायित्व देखिएन, सरकारको जिम्मेवारी भाडा बढाउने मात्र होइन । ”

महासंघले सरकारलाई दिएको सुझावमा यातायात मजदुरको कोरोना बीमा गर्नुपर्ने माग छ । तीन महिनाभन्दा बढी थन्काइएका गाडी सर्भिसिङ र परीक्षणका लागि पुनः कर्जा दिनुपर्ने, लकडाउन अवधिको ब्याज मिनाहा गरेर किस्ताको समयावधि एक वर्ष पछि लैजानुपर्ने, सुरक्षाको न्यूनतम आवश्यकता पूरा गर्नुपर्ने, गाडी निसङ्क्रमित गर्न वासिङ टनेल निर्माण गर्नुपर्ने लगायत महासंघले माग अघि सारेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot