एजेन्सी, २७ असार । महामारीको रुप लिएको कोरोना भाइरसविरुद्व तत्काल कुनै औषधी निर्माण भइसकेको छैन । विभिन्न अुनसन्धान र परिक्षण कार्यहरु भइरहेको अवस्था छ । यसैबीच कोरोनाविरुद्व लड्न प्रभावकारी मानिएको ट्युबर क्युलोसिस (टिबी) को खोप ब्यासिलस क्यालमेट ग्युरिन (बिसिजी) अग्रसर देखिएको छ ।बीसिजी खोपको कोरोनाविरुद्व प्रयोगात्मक अनुसन्धान गर्दा केही प्रमाणहरु फेला पार्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
कोरोना संक्रमित व्यक्तिहरु माथि बिसिजी खोप प्रयोग हुँदा मृत्युदर घटेको जनाइएको छ । यसले अझै पुर्ण रुपमा ठिक गर्न सक्ने दाबी गरिएको छैन् । तर, खोपले संक्रमित व्यक्तिको प्रतिरक्षा प्रणालीलाई विकास गर्ने विश्वास कम्पनीले दिलाएको छ । थप अनुससन्धान भने जारी रहेको छ । थप अनुसन्धान नभएसम्म बिसिजीलाई कोरोनाविरुद्व प्रयोग गर्न नसक्ने जानकारी डब्लूएचओले दिइसकेको छ ।
बिसिजीले कोरोना संक्रमित व्यक्तिको मृत्यु दर कम गरेकोमा कम्पनी विश्वस्त रहेको छ । यसले १० प्रतिशतले मृत्यु दर कम गरेको अनुसन्धानले देखाएको छ । प्रभावकारी बनाउन थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।