Logo

ओली–प्रचण्ड मिलेसँँगै नेकपाको विवाद समाधान



काठमाडौं, २८ असार । आन्तरिक विवादको कारण विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको संकट तत्कालको लागि टरेको छ । पार्टीभित्रबाटै बहुमत नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग उठेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता संघर्षको कारण चुलिएको विवादको निरन्तरतको संवाद मार्फत समाधान हुने क्रममा रहेको छ । पार्टी अध्यक्षद्धय ओली र प्रचण्डबीच पाँच पटक भएको संवादमा ठोस सहमति नजुटे पनि तत्काल प्रधानमन्त्रीलाई पदबाट हटाउने अडान अर्का अध्यक्ष प्रचण्डले छोडेको ओली निकट एक नेताले बताए ।

उनका अनुसार प्रधानमन्त्रीको राजिनामाको विषय अहिलेको लागि टरेको छ, पार्टी सञ्चालनको जिम्मेवारी कसरी तय गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । ओली र प्रचण्डबीचको अडानको कारण संवाद नै नहुने अवस्था सृजना भएपछि पार्टीभित्र दोसो पुस्ताका नेताहरुले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । प्रचण्डले पार्टी एकताको मुल मर्म अनुसार ओली नचलेको भन्दै असन्तुष्टि जनाउदै दुई साता अघि भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग्नुभएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot