Logo

सिक्टा आयोजनाद्वारा सिँचाइ सुरु, आयोजना पूूर्ण रूपमा सम्पन्न हुन सकेन



काठमाडौं,असार २८ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुरु गरेको छ । डेढ दशकअघि १२ अर्ब रुपियाँ हाराहारीको लागतमा बन्नुुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो । निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक रूपमा किसानलाई पानी दिन थालेको छ ।

सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाका अनुसार लामो पर्खाइपछि आयोजना किसानमा खुसी ल्याउन सफल भएको छ । किसानको खेतमा पानी पु¥याइएसँगै आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा क्षेत्रफलमा पानी पुगेको उनको दाबी छ ।

आयोजनाको सुरु वर्षमा २०६१÷६२ को लागत अनुमान १२ अर्ब ८० करोड रुपियाँ रहेको थियो । आयोजना आर्थिक वर्ष २०७१÷७२ मा आयोजना सम्पन्न गर्नुुपर्ने थियो । चालू आर्थिक वर्षसम्म आयोजनामा २५ अर्ब दुुई करोड रुपियाँ खर्च भए पनि आयोजना पूूर्ण रूपमा सम्पन्न हुन नसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्