Logo

नेपालमा कोरोना सङ्क्रमण दर कम



काठमाडौं, असार २८ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर कम हुँदै गएको छ । दैनिक आठ सयको हाराहारीमा देखिएको कोरोना पछिल्लो समय एक सयको हाराहारीमा देखिन थालेको छ । शनिबार सबैभन्दा कम ७० जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७० जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले देशभर २५ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ७१९ पुगेको छ । प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा तीन हजार ६५८ पीसीआर परीक्षण भएको छ । योसँगै परीक्षणको दर पनि घट्दै गएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्