एजेन्सी, २८ असार । दक्षिण अफ्रिकाको एउटा चर्चमा प्रवेश गरेका हतियारधारी समुहको आक्रमणमा पाँच व्यक्तिको ज्यान गएको छ । सो चर्चको नेतृत्वबारे विवाद भएपछि यस अप्रिय घटना घटेको हो । शनिवार बिहान राजधानी जोहान्नेसवर्ग नजिक भएको यस घटनामा बन्धकको स्थितीमा रहेका थुप्रै पुरुष , महिला र बालबालिकालाई प्रहरीले उद्धार गरेका थिए ।
प्रहरीले कम्तिमा चालिस व्यत्तिलाई दर्जनौं अत्याधुनिक हातहतियारसहित गिरफतार गरेको छ । सन् २०१६ मा इन्टरनेसनल पेन्टेकास्टल होलिनेस चर्चका प्रमुखको निधन भएयता यसको नेतृत्वमा विवाद चल्दै आएको छ ।
सन् २०१८ मा पनि चर्चका दुई सदस्य समुहबिच गोली हानाहान हुँदा प्रहरीले हस्तक्षेप गर्नु परेको थियो । यस चर्चबाट ६५ लाख अमेरिकी डलर हराइरहेको विवाद पनि चालु छ । आक्रमणकारीहरुले चर्चमा रहेका मानिसहरु चर्च कब्जा गर्न पुगेको आरोप लगाएका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।