काठमाडौं, २८ मंसिर । देशका अधिकांश स्थानमा विहान वर्षा भइरहेको छ । आज दिउँसा र साँझपनि अधिकांश भुभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमति प्रदेशका धेरै स्थान र बाकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ् सहित वर्षा भईरहेको छ। प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षा पनि भईरहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको एक र दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।