Logo

२५ वर्षिया महिलाको दोस्रो परीक्षणमा कोरोना पुष्टि



पर्वत २८ असार : प्रथम पटक पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएर घर फर्केकी एक महिलाको दोस्रो परीक्षणमा कोरोना पुष्टि भएको छ । पर्वतको कुस्मा नगरपालिकाकी एक महिलामा दोस्रोपटक गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनी घर फर्केको ११ दिनपछि शुक्रबार संक्रमण पुष्टि भएको हो ।

२५ वर्षिया महिलामा कोरोना भएको प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणले पुष्टि गरेको हो। महिलाको श्रीमानमा भने संक्रमण देखिएको छैन । भारतबाट आएका उनीहरु जेठ १९ मा कुस्मा आएर क्वारेन्टाइनमा बसेका थिए ।-File photo



प्रतिक्रिया दिनुहोस्