Logo

ट्रम्पले पहिलोपटक सार्वजनिक रुपमा मास्क लगाएपछि…



एजेन्सी, २८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीलाई हल्का रुपमा टिप्पणी गर्दै आएका छन् । उनले यसलाई सामान्य ज्वरो समेत भने । सार्वजनिक रुपमा निस्कँदा कहिले मास्क लगाएनन् । यसपटक भने उनले सबैलाई आश्चर्यमा पारेका छन् ।

ट्रम्पले कोरोना भाइरसको महामारी देखिएपछि पहिलोपटक सार्वजनिक रुपमा मास्क लगाएका छन् । राष्ट्रपति ट्रम्प सैनिक अस्पतालको भ्रमणका क्रममा मास्कमा देखिए । उनले त्यहाँ घाइते सैनिकहरुलाई भेटेका थिए ।

उनी ह्वाइट हाउसबाट निस्कने क्रममा आफू कहिलेपनि मास्कको विरोधी नभएको बताए । तर, मास्क लगाउने समय र स्थान हुने तर्क गरे । उनले विगतमा आफू मास्क नलगाउने बताउँदै आएका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्