एजेन्सी २८ असार : भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै २८ हजारभन्दा बढी कोरोना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६३७ जना सङ्क्रमित भएका छन् भने ५५१ जनाको मृत्यु भएको छ । भारतमा कुल संक्रमित संख्या आठ लाख ५१ हजार दुई सय ६१ रहेको छ भने मृत्यु हुनेको संख्या २२ हजार भन्दा बढी रहेको छ।