Logo

छक्का पञ्जाको टिमबाट माग्नेलाई निकाल्ने भन्नेलाई केदारको जवाफ



काठमाडौ, २८ असार । कलाकारहरुले ‘महानायक’ विवादमा मुख खोल्ने क्रम जारी रहेको छ । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले राजेश हमाल ‘महानायक’ हो र भन्दै प्रतिप्रश्न गरेसँगै उत्पन्न विवादको अन्त्य अझै भएको छैन् ।

दीपाले गल्ती स्वीकार गरी यसअघि नै माफी मागेपनि उनलाई राजेश हमालका फ्यानहरुले गाली गलौज गर्न नछाडेपछि चलचित्रकर्मी तथा हास्य कलाकारहरुले आफ्ना धारणाहरु राख्न थालेका हुन् । कलाकार केदार घिमिरे (माग्ने बुडा) ले गल्ती गरेर स्विकार गरी माफी माग्दा त सजाय भुक्तानी हुनुपर्ने हो भन्दै राजेश हमालसँग व्यक्तिगत रुपमा नै माफी समेत मागेका छन् ।

घिमिरेले अगाडी लेखेका छन्, ‘छिमिकीको बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिने त ?’ उनले एउटा कलाकार दर्शकको नकरात्मक प्रतिक्रियाले डिप्रेशनमा जानसक्ने बताउदै ‘छ माया छपक्कै’ को ट्रेलर रिलिज भएपछि आएको १२ सय नकरात्मक प्रतिक्रियाले आफु दोश्रो पटक झन्डै डिप्रेशनमा गएको समेत बताएका छन् ।

छक्का पञ्जाबाट आफुलाई निकालौ भन्ने आएको प्रतिक्रियाको जवाफमा उनले सबैजनाले छुट्टा छुट्टै रुपमा चलचित्र बनाउन सक्ने भएता पनि दर्शकहरुलाई खुशी बनाउन सबैमिलेर टिमवर्क गरी चलचित्र बनाएको पनि स्पष्ट पारेका छन् । घिमिरेले दीपा अत्यन्तै सहयोगी हुन भन्दै सामाजिक क्षेत्रमा उनले गरेको योगदानको समेत चर्चा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्