Logo

नेपालमा सङ्क्रमितभन्दा निको हुनेको प्रतिशत धेरै



काठमाडौँ, २९ असार । नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा कोरोना भाइरसबाट मुक्त हुनेको सङ्ख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोभिड–१९९सार्स–कोभ–२० का कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ८०१ छन् । शनिबार ५०।५ प्रतिशत रहेको निको हुने दर आइतबार ५१।१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोनाभाइरस सङ्क्रमण सक्रिय रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार १७४ रहेको जनाएको छ । यसरी पहिलो पटक सङ्क्रमण सक्रिय रहेको सङ्क्रमितभन्दा निको हुने बढेका छन् ।

असार तेस्रो साता दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पाँच सयभन्दा बढी भएको थियो । करिब एक सातासम्म पाँच सयभन्दा बढी नयाँ सङ्क्रमित थपिँदा प्रकोपको रुप लिई कोरोना सङ्क्रमण महामारीको रुप लिन सक्ने आकलन गरिएको थियो । तर असार १९ पछि दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या घट्दो क्रममा छन् ।

नेपालमा विश्व परिदृश्य अनुसार सक्रिय सङ्क्रमित र निको हुने दर कम नै छ । सङ्क्रमित हुने सङ्ख्याको आधारमा नेपाल ६१ औँ सबैभन्दा प्रभावित राष्ट्र हो । विश्वभरि कुल सङक्रमित एक करोड २१ लाख ९० हजार १९६ छन् । करिब ४५ लाखमा सङ्क्रमण सक्रिय छन् । मन्त्रालयका अनुसार विश्वभरि हाल कोरोना सङक्रमण सक्रिय सङ्क्रमित सरदर ३७।३ प्रतिशत मात्रै छ । नेपालमा भने सङ्क्रमण सक्रिय रहेको सङ्क्रमित ४८।९ प्रतिशत छ । विश्वमा निको हुने दर करिब ५८ प्रतिशत छ । नेपालमा ५१।१ प्रतिशत छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार असार पहिलो साता नेपालमा सङ्क्रमण दर ११ प्रतिशत कायमे थियो । असार १९ गते उक्त दर १७ प्रतिशतसम्म पुग्यो । जुन अहिलेसम्मकै उच्च हो । हाल सङ्क्रमण दर २ प्रतिशतमा झरेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्