काठमाडौं, २९ असार । सूर्यराज आचार्य र मुमाराम खनाले साझा पार्टीबाट बाहिरिएका छन् । पार्टी बाहिर रहेर सहयोग गर्ने घोषणा गर्दै उनीहरुले पार्टी छोडेका छन् । पार्टी त्यागेका आचार्य पुन जोडिन चाहेमा स्वागत गर्ने बताइएको छ ।
यस्तै, साझा पार्टीले पार्टी, समूह र व्यक्तिहरुसँगको एकीकरणको प्रक्रियालाई अघि बढाउन वागमती प्रदेश संयोजक समीक्षा बास्कोटा, संगठन विभाग प्रमुख केशव दाहाल तथा केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ सम्मिलित तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।