Logo

साउनदेखि क्लिन फिड लागू गर्न सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण



काठमाडौं, असार २९। आगामी कात्तिक ८ देखि विदेशी च्यानलमा लाग्ने भनिएको क्लिन फिड साउन १ देखि लागू गर्न माग गर्दै चारवटा संघसंस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

भारतीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतलाई जोडेर प्रसारण गरेको सामग्रीको सन्दर्भलाई उठाउँदै ती संघसंस्थाले मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् । उनिहरुले यस्ता दुष्प्रचारयुक्त सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धम ा र सदियौंदेखि दुई देशका जनताबीच रहेको आपसी सद्भावमा प्रतिकूल प्रभाव पार्न सक्ने परिस्थिति पनि सिर्जना भएको उनिहरुको भनाई छ ।

ज्ञापनपत्रमा यस्ता गलत प्रचार रोक्नका लागि आगामी कात्तिक ८ देखि लागू हुने भनिएको क्लिन फिड नीतिलाई नयाँ आर्थिक वर्ष अर्थात् साउन १ देखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने उनिहरुको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्