Logo

योगीयुगमा उत्तर प्रदेशमा ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’, हजारौं ‘इनकाउन्टर’



के म अपराधीको आरती उतारौं ! ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’ भनेकोबारे पत्रकारको प्रश्नमा उत्तर प्रदेशका मुख्यमन्त्रीले सन् २०१७ मा कार्यभार सम्हालेपछि जवाफ दिएका थिए । उत्तर प्रदेशमा आपराधिक गतिविधि बढेको र ग्याङस्टारको बिगबिगी भएको विषय चर्चामा आएपछि योगीले शुरुमै कडा चेतावनी दिदै आपराधिक गतिविधि गर्नेलाई नछाड्ने चेतावनी दिएका थिए ।

नभन्दै योगीकालमा धमाधम इनकाउन्टरहरु हुनथाले । उनले भनेजस्तै ग्याङस्टरहरु कि जेल कि यमराजकोमा पठाइन थाले । जसको उदाहरण बिकास दुवे र उनका सहयोगीको हालै भएको इन्काउन्टर पनि हो । प्रहरीले यसलाई मुठभेड भनेपनि सामान्य नागरिकले पनि यो फरक हो भन्ने बुझेका छन् ।

उत्तर प्रदेशको भारतको राजनीतिमा खास विशेषता छ । नेपालसँग सीमा जोडिएको भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशमा भारतका राजनीतिक हस्तीहरुको चुनावी क्षेत्र छन् । तर, त्यहाँ अपराधीले राजनीतिक आवरणमा सक्रियता देखाउने गरेको घटना बढी छ ।

योगी सन् २०१७ मा मुख्यमन्त्री भएलगत्तै अपराधीप्रति कठोर बने । उनले पहिल्यै यसको चेतावनी दिएका थिए । उनको शासनकालमा इनकाउन्टरका घटना हुनथाले ।

योगीको शुरुको दुई वर्षीय कार्यकालमै तीन हजारभन्दा बढी प्रहरी इनकाउन्टर भएको तथ्यांक इन्डिया टुडेमा छ । जसमध्ये ६९ जना मारिएका थिए । ८ सय ३८ जना घाइते भएका र ७ हजारभन्दा बढी पक्राउ परेको तथ्यांक छ । अहिलेसम्म सयौं शंकास्पद अपराधी मुठभेडमा मारिएका छन् । योगीले विकास दुवे इनकाउन्टरबाट अर्को नजिर बसाले । खुंखार अपराधीलाई जेलमा पनि स्थान नरहेको सन्देश दिए । सिधै यमराजकोमा पठाउने भनेअनुसार गर्न थाले ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्