Logo

रुस र चीनले किन सैनिक माथि गरे कोरोनाविरुद्धको भ्याक्सिनको ट्रायल



एजेन्सी, २९ असार । रुस र चीनले कोरोना भाइरसविरुद्धको खोपको मानव परीक्षण गरेका छन् । रुसले दोस्रो चरण र चीनले पहिलो चरणको ट्रायल पुरा गरेको खबर आएको छ । दुवै देशले खोपको ट्रायल सैनिकमाथि गरेका छन् ।

रुसमा खोपको क्लिनिकल परीक्षण सकिएको रुसी समाचार संस्था तासले जनाएको छ । तर, तेस्रो चरणमा सर्वसाधारणमाथि ट्रायल गरिने नगरिने केही उल्लेख छैन । रुसी रक्षा मन्त्रालयसँगको पार्टनरशिपमा गेलेली नेस्नल रिसर्च सेन्टरले स्वयंसेवी छानेको थियो ।

सेकेनोभ विश्वविद्यालयले गरेको परीक्षण परीक्षणबाट खोप प्रभावकारी प्रमाणित भएको मुख्य रिसर्चर एलेना स्मोलयारचुकको भनाई उदृत गर्दै तासले लेखेको छ । खोप सुरक्षित पनि भएको र स्वयंसेवीहरु १५ देखि २० जुलाई भित्र डिस्चार्ज हुनेछन् । स्वयंसेवीहरु मेडिकल सुरपरीवेक्षणमा रहेको समेत जनाइएको छ ।

सेचेनोभ विश्वविद्यालय पहिलो चरणको खोपको परीक्षणमा १८ स्वयंसेवीलाई १८ जुनमा सहभागी गराएको थियो । दोस्रो समुहमा २० जनालाई २३ जुनमा सहभागी गराएको थियो ।

चीनमा पनि खोपको ट्रायल गरिएको छ । तर, त्यो सैनिकहरुमाथि मात्र गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विश्वास छ । यसमा सैनिक प्रशासनले भुमिका निभाइरहेको छ । तर, ठुलो समुहमा सर्वसाधारणमा खोपको परीक्षण नभइसकेको र हुने नहुने टुंगो लागेको छैन ।
सैनिकहरु जोखिम लिन सक्ने र कुनै घटना घटेमा गोपनीयता पनि कायम हुने भएका उनीहरुमाथि खोपको ट्रायल गरिएको हुनसक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्