Logo

सोमालियाका सेना प्रमुखलक्षित आत्मघाती आक्रमण प्रयास



२९ असार : सोमालियाली सेनाका प्रमुखमाथि सोमबार मोगादिसुमा एक आत्मघाती आक्रमण प्रयास भएको अधिकारीहरूले जनाएका छन् । सेनाको अस्पताल नजिक उनको रक्षा दललाई लक्षित विस्फोट भएको बताइएको छ ।

मोगादिशुको होदान जिल्लामा भएको ठूलो हमलाले देशका सेना प्रमुख जनरल ओडवा युसुफलाई लक्षित गरेको पुष्टि गर्दै तर आक्रमणबाट कोही हताहत नभएको सरकारी प्रवक्ता इस्माइल मुख्तर उमरले बताए । सेना प्रमुख रक्षा दलसहित मुख्य सैन्य अस्पतालको नजिकबाट यात्रा गरिरहेका समय आक्रमण भएको हो ।

“सेनाको कमाण्डरलाई निशाना बनाउँदै सैनिक अस्पताल नजिकै विस्फोट भएको थियो । तर घटनामा सेना प्रमुख युसुफ उम्कन सफल भएका छन् । उनलाई कुनै चोटपटक लागेको छैन,” इस्माएलले भने । स्थानीय प्रत्यक्षदर्शीका अनुसार अफ्रिकी देशको हर्नमा पछिल्लो हमलामा एक जना व्यक्तिको मृत्यु भएको छ भने अर्को घाइते भएका छन् ।

सेनाका कमाण्डर युसुफले विशाल हमलाको एक मिनेट अगाडि रक्षा मन्त्रालयबाट बाहिरिएका थिए । आत्मघाती विस्फोटपछि सेना प्रमुख युसुफको रक्षार्थ खटिएको समूहमाथि भारीमात्रामा गोली प्रहार भएको बताइएको छ ।

घटनास्थलमा कालो धुँवाको मुस्लो देखिएको एक प्रत्यक्षदर्शी स्थानीयले बताए ।

”घटनामा एक व्यक्ति मारिए, अर्को एक जना घाइते भए तर सेना प्रमुखलाई चोट लागेको छैन,” एक प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

प्रत्यक्षदर्शीहरूका अनुसार होडान जिल्लाको ताराबुन्का चोक नजिकै भएको बम विष्फोटबारे भने, “विस्फोटले ताराबुन्का नजिकै सैन्य सवारी साधनहरुमा असर गरेको थियो । केही क्षणमा नै हामीले गोली चलेको आवाज सुन्यौँ ।”

प्रत्यक्षदर्शी स्थानीय मोहम्मद अब्दीले भने, “घटनास्थललाई धुलो उडेर ढाक्या देखिने अवस्थामा आउँदा घटनास्थलमा एम्बुलेन्सहरूको भीड थियो भने घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालिसकेका थिए ।”एपी



प्रतिक्रिया दिनुहोस्