Logo

पोर्न साइट बनाएर अश्‍लिल भिडियो अपलोड गर्ने पक्राउ



काठमाडौँ, ३० असार । प्रहरीले पोर्न साइट बनाएर चलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको आरोपमा पक्राउ गरेको हो ।

श्रेष्ठले चितवनकी एक १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा हालेको अभियोगमा शनिबार पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले बताएका छन् । श्रेष्ठले ती बालिकाको भिडियो पोर्न साइटमा अपलोड गरेपछि पीडितको तर्फबाट साइबर ब्युरोमा उजूरी परेको थियो ।

उनलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ । प्रहरीले श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ मा उल्लखित कसुरमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको खबर आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्