एजेन्सी, ३० असार । भारतमा २१ औँ शताब्दीको अन्त्यसम्म तापमान बढ्ने अध्धयनले देखाएको छ । तापमान १.३९ देखि २.७ सम्म बढ्न सक्ने अनुमान मौसम विद्हरुले लगाएका हुन् । यसअघि भारतमा सन् १९७६–२००५ को बीचमा तापक्रम अत्यधिक बढेको थियो ।
तापमानमा हुने वृद्वि देशको सबै भूभागमा एक सामान नहुने भारतीय मौसम विज्ञान संस्थानको जलवायू परिवर्तन अध्ययन केन्दका कार्यकारी निर्देशक आर कृष्णनले बताएका हुन् । उनले तापक्रम बढ्ने विषयलाई पृथ्वी विज्ञान मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बताएका हुन् ।
सन् १९०१ देखि २०१८ सम्म भारतको तापमान ०.७ डिग्रीले बढेको थियो । तापमान बढ्नुको मुख्य कारण ग्रीन हाउस ग्यासलाई जिम्मेबार ठहराइएको थियो । सन् २०७० र २०९९ को बीचमा समेत तापमान २.७० ले बढ्ने जनाइएको छ । यसकारण आउँदो दशकमा बायुमण्डलमा पानीको वाफको मात्रा बढी हुने अनुमान गरिएको छ । जसले पृथ्वीमा अत्यधिक वर्ष हुने अुनमान लगाइएको छ । मौसम मोडलहरुलाई सुधार उन्मुख गर्न प्रयास गरिरहेको समेत उनले बताए ।