काठमाडौं, ३० असार । वेबसाइटमा अश्लिल भिडियो अपलोड गरेको अभियोगमा काठमाडौका सुरज श्रेष्ठ आइतबार पक्राउ परेका छन् । पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको अभियोगमा काठमाडौं गोंगबुका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा राखेर साइबर अपराध गरेका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनले अनधिकृत रुपमा ब्लुसंसार डटकम नामको पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गर्ने गरेको प्रहरीले बताएको छ । उनीमाथी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट जिल्ला अदालत काठमाडौंमार्फत म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।